इटहरीः महालक्ष्मी लाईफ इन्स्योरेन्सले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको सुरूवात गरेको छ ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा एक कार्यक्रमका बिच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त योजनाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन सत्रमा देशभरीका शाखा र उपशाखा प्रमुख र अधिकृतहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन मन्तव्य दिँदै अध्यक्ष शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणकोलागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न नसक्ने बताउँदै महालक्ष्मीले महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने अध्यक्ष शर्माले बताएका छन् ।
आव २०७९÷८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन गरिने भएको छ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने कम्पनीले लिएको बताएको छ ।
कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम हो ।
अघिल्ल्लो बर्ष महालक्ष्मीले युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सन्चालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८,००० भन्दा बडी युवालाई तालिम प्रदान गरेको बताएको छ ।