काठमाण्डौः बैदेशिक रोजगारमिा पठाउने संस्थाले एक बर्षमा ठगी गरेको भन्दै बैदेशिक रोजगार बिभागमा ४१० वटा उजुरी परेका छन् ।
बिभागले जारी गरेका ऐन नियम निर्देशिका तथा निर्देशन विपरित बैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगी गरेर अलपत्र पारेको भन्दै ६ र्अ ५६ लाख ५९ हजार रुपैयाँ मागदावी गर्दै ४१० उजुरी परेकामा ६९ वटा उजुरीको १ करोड ४० लाख ८४ हजार क्षतिपुर्ति भराइएको छ भने ३ वटा उजुरीको मिलापत्र गराइएको छ ।
मिलापत्रमा ८ लाख ४६ हजार बराबरको सम्झौता गरिएको निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले जारी गरेको कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी बैदेशिक रोजगारीमा लैजानका लागी दर्ता गरिएको संस्था बाहेक अन्य संस्था तथा व्यक्तिले ठगी गरेको भन्दै बैदेशिक रोजगार बिभागमा ७८० वटा उजुरी परेका छन् । सो उजुरीबाट २८ करोड २३ लाख २० हजार मागदावी भएकोमा बिभागले १०१ वटा वद्धाको मिलापत्र गराई ७ करोड १० लाख ६९ हजार क्षतिपुर्ती भराएको भने २७ वटा मुद्धा बैदेशिक रोजगार न्यायाधिकरणमा ९ करोड ४७ लाख ६५ हजार माग दावी सहित मुद्धा दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।
चलु आर्थिक बर्षमा बहराइन , कुवेत, मलेसीया , ओमान, कतार , साउदी अवर र युएईमा २ लाख ८९ हजार ७२ जना पुरुष र २४ हजार २२ जना महिला गरी ३ लाख ४९ हजार ८२ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका छन् ।
फ्रि भिषामा नेपालीलाई बैदेशिक रोजगारीमा लैजाने योजना अनुरुप गत साउन महिना देखि हालसम्म २ लाख ५४ हजार २८९ जना मलेसिया गएको बताइएको छ भने दश प्रतिशत सेवा सुल्क तिरेर १ लाख ५५ हजार ३१८ जना मलेसीया गएको श्रम मन्त्रालयको तथ्यांक छ ।
निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवरले आफनो कार्यकालमा मन्त्रालयमा उल्लेख्य काम भएको बताएका छन् ।
नयाँ सरकार गठन भएपछि जाँदा जाँदै सोमबार मन्त्री कुँवरले गत असार १२ गतेदेखि आफुले मन्त्रालय सम्हालेपछि सामाजिक सुरक्षा कोषलाई स्वरोजगार क्षेत्र र बैदेशिक रोजगारमा रहेको नेपालीलाई समेत समेट्नेगरी कार्यविधि स्वीकृत गराएको बताएका छन् ।
देशमै रोजगारी सिर्जना गर्नका लागि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई पुनःएकिकरण परियोजना कार्यान्वयान गरिएको बताएका छन् भने श्रमिक अस्पतालको लागि जग्गाको पहिचान गरेको र डिपिआर तयार गर्ने काम सम्पन्न भएको बताएका छन् ।
कुँवरले वेलायतमा स्वास्थ्य क्षेत्रका कामदार पठाउनका लागि बेलायती राजदुतले गत भदौ ६ थते हस्ताक्षर गरी कार्य अगाडी बढाइएको कार्यसम्पादन प्रतिवेदनमा उल्लेख गरेका छन् । सोको कार्यान्वायनका लागि कार्ययोजना कानुन न्याय तथा संसदीय मन्त्रालयमा पठाइएको बताएका छन् । नेपालीलाई बेदेशिक रोजगारीका लागि जापानसँग द्धिपक्षीय श्रम सम्झौताका लागि कार्यसमितिको बैेठक बसिएको र नयाँ श्रम गन्तव्यको खोजी भइरहेको पुर्व मन्त्री कुँवरको भनाई छ ।
श्रम तथा रोजगार कार्यलय, पोखरा र बुटवललाई वैदेशिक रोजगार सम्बनिध पुर्व स्वीकृत दिने , कामदार छनौटको लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गरे नगरेको अनुगमन गर्ने जिम्मेवारी दिएको वैदेशिक रोजगारमा जाने नेपालीको लागी श्रम स्वीकृतीको पुर्ण अनलाईन बनाइएको बताइएको छ ।