काठमाडौंः युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।

खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. देवराज रोका, नेपाल स्काउटका प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतले मन्त्री गहतराजलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

सो अवसरमा मन्त्री गहतराजको सचिवालयका कर्मचारी, मन्त्रालयका कर्मचारीलाई पनि सम्मान गरिएको  थियो ।

3 (8)

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले आफ्नो कार्यकालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु ठूलो उपलब्धी भएको बताए । 

उनले ४ सय ४५ दिन खेलकुद मन्त्रीको कार्यभार सम्हालेका थिए । मन्त्री गहतराजको कार्यकालमा युवा तथा खेलकुद क्षेत्रमा भएका मुख्य मुख्य उपलब्धी समावेश गरी तयार पारिएको पुस्तक पनि वितरण गरिएको थियो ।