काठमाडौंः नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गरेका छन् ।
सोमबार शपथग्रहण पछि पदभार ग्रहण गर्ने क्रममा मन्त्रालयका पदाधिकारी एवम् सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री लामिछानेले सो जानकारी दिएका हुन् ।
२०७५ साउन ११ गते हत्या गरिएका पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।
पदभार ग्रहणपछि पहिलो निर्णय सुनाउँदै उनले भने, हत्या गरिएका निर्मला पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई निर्देश दिन निर्णयार्थ प्रस्तुत गरिएको छ ।”
जनताले ठूलो अपेक्षासहित आफूलाई यस स्थानमा र्पुयाएको भन्दै उनले मन्त्रालयमा सबैसँग मित्रवत् सम्बन्ध राखेर सहकार्य गरिने बताए । नागरिक एकचोटि प्रहरीसमक्ष पुगेपछि मसँग प्रहरी छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो चुनौती रहेको उनले भने । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।