इटहरीः चर्चित फुटवलर पेले अर्थात एजिडिसरन एरेन्टस डो नासिमेन्टाको ८२ वर्षको उमेरमा बिहिबार राती  निधन भएको छ ।

केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका ब्राजिलियन खेलाडी पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको विदेशी सञ्चारमाध्यमहरुले पुष्टिगरेका छन् । 

 ब्राजिललाई विश्वकप फुटबलमा तीनपटक उपाधि दिलाउन सफल पेले फुटवल प्रेमीहरुको लागि लोकप्रिय मानिन्छन् ।  सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा पेले नेतृत्वको ब्राजिलले उपाधि जितेको थियो ।

यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । पेलेले सत्र वर्षको उमेरमा अन्तर्राष्टिय फुटबल खेलेका हुन ।