इटहरीः पोखरामा भइरहेको २२ औं आहा–रारा पोखरा गोल्डकपमा एघार बर्ष पछि आयोजक सहारा फुटवल क्लवलाई हराउँदै  धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । 

पोखरा रंगशालामा बिहिबार भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो ।

धरानलाई जिताउन प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै निर्णायक भएको थियो । 

आहारारा गोल्डकपमा आयोजक सहारा र धरान फुटबल क्लब बिहीबारको भिडन्तसँगै तेस्रो पटक मैदानमा आमनेसामने भएका हुन् । २०६८ सालमा प्रतिस्पर्धा गरेका यी दुई टोलीको एघार बर्ष पछि बिहिबार प्रतिस्पर्धा भएको थियो ।  यसअघिका २ खेलमा धरान आयोजक सहारासँग पराजित भएको थियो । 

318096519_835346474212173_5588985848713395670_n

दशौं आहा रारा गोल्डकपको उक्त खेलमा सहाराले १–० ले धरानलाई पराजित गरेको थियो । त्यसको अघिल्लो नवौं संस्करणको पहिलो खेलमा पनि आयोजक सहाराले धरानलाई २–१ ले पराजित गरेको थियो ।

त्यसको बदला लिँदै धरानले बिहीबार भएको आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणको उद्घाटन खेलमा आयोजकलाई हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।