इटहरीः भारतीय आयल कर्पोरेसन लिमिटेडले इन्धनको मूल्यमा वृद्धि गरी नेपाल पठाएको  नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।

आइतबार (आज) पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

‘आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ,’ गोइतले भने, ‘युक्रेनमा रुसको आक्रमण बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर देखिन्छ ।’

सामान्यतया भारतीय आलय कर्पोरेसनले मुल्य बढाएर पठाउने वित्तिकै नेपाल आयल निगमले मुल्य बढाएर बेच्ने गरेकोमा अहिल्यै मुल्य वृदि भने गरेको छैन । यस अघि नै आईओसीले मुल्य घटाएपनि नेपाल आयाल निगमले नघटाई बिक्रि गरीरहेको छ ।