प्रकाश बन्जारा 

इटहरीः नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने प्रदेश १ का खेलाडीलाई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डले नगद सहित सम्मान गरेको छ । 

गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ को टिमबाट खेल्दै पदक जित्न सफल खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले नगदसहित सम्मान गरेको हो । 

मंगलबार इटहरीको इम्पेरियल लाउन्ज एण्ड व्याँकेटमा आयोजित एक भव्य समारोहका विच नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक, रजत पदक र कास्य पदक विजेता खेलाडीलाई क्रमश एक लाख , ७५ हजार र ५० हजार नगद सहित सम्मान गरिएको थियो । पदक बिजेता खेलाडीलाई कार्यक्रमका प्रमुख  अतिथी तथा प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले चेक र सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

320608729_5861058927284407_1635694689289038732_n

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले बचन दिए अनुरुप प्रदेशको लागि पदक लिएर आउने खेलाडीलाई सम्मान गरिएको बताए ।  बोर्डका सदस्य सचिव हंशराज वाग्लेले लथालिङ रहेको प्रदेशको खेल गतिविधिलाई आफ्नो दश महिनाको कार्यकालमा केही मात्र भएपनि जागृत बनाउन सफल भएको बताए । 

320391921_706695761031504_5763305663280651516_n

कार्यक्रममा प्रदेशका लागि स्वर्ण पदक जित्ने १० जना, रजत पदक जित्ने २३ जना र कास्य पदक जित्ने ५० जना खेलाडी साथै तीनका व्यावस्थापनक र प्रशिक्षकलाई समेत सम्मान र पुरस्कार प्रदान गरिएको थियो । 

प्रदेशका सामाजिक विकास मन्त्री राजन राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङग्वो, कानुन मन्त्री केदार कार्की लगायत खेलप्रेमीहरुको भव्य उपस्थिती रहेको थियो । कार्यक्रमलाई बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीले स्वागत गरेकी थिइन । 

कार्यक्रममा बोर्डका सदस्यहरु शैलेस कुमार विष्ट, रोशनी राई, प्रदिप भगत, रितेश श्रेष्ठ, थलु राजभण्डारी, सन्दिप राई तथा जीवनी राईको समेत उपस्थिती रहेको थियो । बोर्डले नवौँ राष्ट्रिय खेलकुदका दौडानमा तयार पारेको डकुमेन्टी« समेत प्रस्तुत गर्यो ।

IMG_0662