काठमाडौंः नेकपा एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बसेको ४५ औ सचिवालयले गरेका निर्णयहरु सञ्चारकर्मीहरू माझ सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले  बैठकले महासचिव डा.वेदुराम  भुसालको नेतृत्वमा कार्यदल गठन गरेको  बताए ।

कार्यदलमा पाटीका उपमहासचिवहरू डा. गंगालाल तुलाधर ,डा. विजय पौडेल र प्रकाश ज्वाला रहेका छन्  ।

प्रचार विभाग प्रमुख खतिवडाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने  ‘अब कार्यदलले सबै वामपन्थीहरूसँग र व्यत्ति र संस्थाहरूसँग  छलफल र परामर्श गर्दै सबैलाई जोड्ने प्रयास गर्नेछ  । 

बैठकले एकीकृत  समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । पार्टीले सरकारका न्यूनतम साझा कार्यक्रमको आधारमा मात्र त्यस विषयमा निर्णय गर्ने बताईएको छ ।