इटहरीः ‘क’ वर्गको वित्तीय कारोबार गरिरहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जरप्रश्चात आगामी पुस २५ गतेदेखि एउटै कारोबार गर्ने भएका छन् । दुवै बैँकको मर्जर प्रक्रियाको अन्तिम टुङ्गो लागेपछि पौष २५ गतेबाट एकीकृत कारोबार हुन लागेको हो ।  

यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ ।

शुक्रबार नेपाल राष्ट्र बँैकले समेत सार्वजनिक सुचना जारी गर्दै दुवैँ बैँकको एकीकृत कारोबार सुरु हुन लागेको बताएको छ । 

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछन् ।

तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहने बँैकको भनाई छ । 

दुवैँ बैँक एकै भएपछि ग्लोवल आईएमई बैँकको नामबाट हुने नयाँ बँैकको कूल पुँजी ५७ अर्ब रूपैयाँ, चुक्ता पूँजी ३५।७७ अर्ब रूपैयाँ, कुल निक्षेप ४०८ अर्ब रूपैयाँ , कुल कर्जा ३७६ अर्ब रूपैयाँभन्दा बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् ।