इटहरीः ‘क’ वर्गको इजाजत पाएका प्रभु बैँक र सेन्चुरी कमर्सियल बैँकको मर्जर प्रक्रियाको अन्तिम टुङ्गो लागेपछि एक अर्कामा पौष २६ गतेबाट गाभिने भएका छन् ।
प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन)प्राप्ति गरेर (पुस २६ गते)बाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले दुवैलाई एकीकृत कारोबार गर्न अनुमति दिएपछि उनिहरुको एकिकृत कारोबारको टुंगो लागेको हो । उनिहरुले पुस १९ गते अन्तिम स्वीकृति पाएका छन् । दुवै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः१०० सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।