इटहरीः पोखरामा भएको आहा रारा पोखरा गोल्डकप फुटवलको उपाधि  संकटा फुटबल क्लबले जितेको छ । 

आहा राराको २२ औं संस्करणको दोस्रो पटक संकटाको पोल्टामा परेको हो । शनिवार भएको फाइनल खेलमा अमेरिकाको भुटनीज युथ सकर क्लब लाई हराउँदै संकटा च्याम्पियन बनेको हो ।  संकटाले भुटनीज क्लव युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै जित निकालेको हो । 

खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले निर्णायक गोल गरेका थिए ।  उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो ।

321914347_552683910207569_2126234151997824922_n

प्रतियोगितामा संकटाका कप्तान सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सर्वोत्कृष्ट चुनिएका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरे ।

यस्तै प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर,  संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड  र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए ।