काठमाडौँः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।
शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै नेता नेपालले को पदमा आसीन हुनेछ, त्यो महत्त्वपूर्ण नभएर त्यसले के गरिरहेको छ , त्यो महत्त्वपूर्ण भएको बताए ।
उनले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौती सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्ने भन्दै ‘हाम्रो राजनीति‚ प्रशासनिक क्षेत्र र समाज चुनौती रहेका छन्। ती सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ। जनतामा राजनीतिप्रति कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ। एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो । ’उनले भने ।
‘एउटा गठबन्धन अघि बढिरहेको थियो। त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो। यो गठबन्धन पनि कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था रहेको उनको भनाई थियो ।