इटहरीः प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधि सभामा रहेका २६८ जना सांसदले ऐतिहासिक विश्वासको मत दिएका छन् । संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन । मतदान प्रक्रियामा एक स्वतन्त्र र २ राजनितिक पार्टीका एक एक गरी जम्मा तीन बाहेक सबै सांसदले विश्वासको मत दिएका हुन ।
पौष १० गते प्रद्यानमन्त्री नियुक्त भएका दाहालेले मुख्य प्रतिपक्षमा रहेका कांग्रेससँग सोमबार साँझ भेटवार्ता गरी विश्वासको मत दिन आग्रह गरेका थिए भने नेकपा एकीकृत समाजवादीले पनि सर्त सहित विश्वासको मत दिने निर्णय गरेको थियो ।
सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई उनलाई २६८ सांसदले विश्वासको मत दिएका हुन ।
२७५ सदस्य रहेको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सवै पार्टीका सांसदले विश्वासको मत खसाएका छन् । वैठकको अध्यक्षता गरिरहेका पशुपति शम्शेर राणा र निलम्बित एक सांसद बोहक सबैले विश्वासको मत दिएका थिए ।