इटहरीः  अख्यितार दुरुपयोग अनुसन्धान आयोगले हुदै नभएको कामलाई भएको भनि प्रमाणित गर्ने वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र इन्जिनियरलाई चार लाख १२ हजार बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । 

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ५ मा आर्थिक बर्ष २०७७/०७८ मा सन्चालन भएको बाटोमा माटो हाल्ने तथा ग्राभेल गर्ने योजनामा नभएको कार्यको बिलभरपाई पेश गरी पैसा लिने ठेकेदार, वडा अध्यक्ष, इन्जिनियर र प्रमुख प्रशासकिय अधिकृत विरुद्ध मुद्धा दायर गरिएको हो ।  

सबैला नगरपालिका वडा नम्बर ५ को मखन टोलमा विनोद यादवको घरदेखि रितलाल यादवको घर हुँदै भुल्ला कापरको घरसम्म जाने बाटो ग्राभेल कार्ययोजनामा फिल्डमा कम परिमाणको कामलाई बढि काम भएको नापी किताव तयार गरी मुल्याकन गर्ने इन्जिनियर, लागत अनुमानको परिमाणका कार्य सम्पन्न नगर्ने ठेकेदार, कम परिणामको कार्यलाई प्राविधिक मापदण्ड अनुसार भएको भनि सिफारिस गर्ने वडा अध्यक्षले सरकारी रकमको हिनामिना गरेको भन्दै अख्यिारले मुद्धा दायर गरेको प्रवक्त श्याम प्रसाद भण्डारीले बताएका छन् ।  

म्ुाद्धा दायर गरिएका प्रमुख प्रशासकिय अधिकृत बालविर ठाकुरको मृत्यु भइसकेको भएता पनि फौजदारी कार्यविधि संहिता अनुसार मरेको व्यक्तिको हकमा समेत सरकारी अथवा नीजी बिगो र क्षतिपुर्ती भराउन सकिने कानुनी व्याबस्था रहेको भन्दै बालविर ठाकुरका अंशीयारसँग असुल गर्नेरी १ लाख ३ हजार १९० रुपैँया बिगो माग दावी गरिएको छ । 

बलविर ठाकुरका अंशीयारहरु पल्लवी ठाकुर र  रौनिर ठाकुरबाट उक्त विगो भराउन अख्यिारले माग गरेको छ । यसैगरी तत्कालिन इंजिनियर रजित कुमार यादवबाट  समेत १ लाख तीन हजार १९० रुपैँयाँ, सबैला गाउँपालिका वडा नम्बर ५ का तत्कालिन वडा अध्यक्ष देवेन्द्र प्रसाद यावदबाट १ लाख ३ हजार १९० र ठेकेदार तथा राहुल निर्माण सेवाका प्रोपाइटर पुरुषोत्तम यावदबाट पनि सोहि रकम बराबरको बिगो र कैद वा बिगो बमोजिमको जरिवाना गर्न अख्यिारको माग छ ।