इटहरीः बैँकमा निक्षेप बढ्दै गएपछि बंँैकहरुले माघ महिनामा निक्षेपको व्याज ९ दशमलव ३३८ प्रतिशतले घटाउने निर्णय गरेका छन् । नेपाल बैँकर्स एशोसियसनको बुधबार साँझ बसेको बैंठकले माघ महिनामा निक्षेपको व्याजदर नबढाउने सहमति गरेका हुन भने व्यक्तिगत, संस्थागत दुवै मुद्धतीमा समेत व्याजदर घटाउने सहमति गरेका छन् । बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दती निक्षेपको पौषमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने सहमति बनेको हो ।
बैँकर्स संघको यो निर्णय सँगै संस्थागत मुद्दती निक्षेपका ब्याजदरसमेत समान अनुपातमा कमी आउने भएको छ । यस अघि १२ प्रतिशत व्याज दिइरहेका वाणिज्य बैंकहरुले माघमा व्यक्तिगत मुद्दती निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गर्ने भएका छन्।
संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदरमा २ प्रतिशतको अन्तर कायम हुदै आएको छ । जस अनुसार व्यक्तिगत मुद्धतीमा ११ प्रतिशत व्याज हुँदा संस्थागतमा ९ प्रतिशत छ ।
मुद्दती निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्ने बताइएको छ ।