इटहरीः जलविद्युत कम्पनी सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
सेयर बजार परिसुचक तल खसेको बेला सुपर मादीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले यस अघि नै १०५ अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
बाँकी सेयरमा जसमध्ये ५५ अर्थात् १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।
माघ ९ देखि माघ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।