इटहरीः राष्ट्रिय खेलकुद परिषद तथा सुनसरी जिल्ला क्रिकेट संघ नेपालको आयोजनामा इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२०  क्रिकेट प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । 

इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार  बिहान भएको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको गर्दै शुरुवाती जित निकालेको छ । 

मधेश प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश एकले ११।१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्दैै निकालेको थियो । प्रदेश एकका लागि काजल श्रेष्ठले २४ र कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडे।

325179257_843774176693138_5870310422982457205_n

पहिले ब्याटिङ गरेको मधेस १९।२ ओभरमा ४९ रनमा अलआउट भएको थियो।  प्रदेश एक सबनम राईले ४, रुबिना क्षेत्री र निशा राईले २–२ तथा ज्योति दनुवार, तथा अलिशा खडियाले १–१ विकेट लिए।

 प्रतियोगितालाई प्रदेश खेलकुद विकास बोर्ड र इटहरी उपमहानगरपालिकाले समेत सहयोग गरेका छन् ।