इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भुमि आयोगका अधिकृत पोखरेलले गैर कानुनी सम्पक्ति आर्जन गरेको अभियोगमा उनिमाथी विशेष अदालतमा मुद्धा दायर गरिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त श्यामप्रसाद भण्डारीले बताएका छन् । 

भण्डारीका अनुसार अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग छ । 

अख्यितारले गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजका लागि पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलाई प्रतिवादी बनाइएको छ । पोखरेल यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख रहँदा नै अख्तियारले  अनुसन्धान सुरु गरेको र अहिले भुमि आयोगमा भुगिसक्दा अनुसन्धान सकेर मुद्धा दायर भएको बताइएको छ ।  

२०४६ असारमा सरकारी सेवामा प्रवेश गरेका भण्डारी  २०७८ फागुन १५सम्म कमाएको चल अचल सम्पत्तिमा आयोगले अनुसन्धान गरेको अख्तियारले बताएको छ  । पोखरेले यो समयमा अनुसन्धानका क्रममा चार करोड ३७ लाख ८८ हजार ४०२ रुपियाँ १० पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा तीन करोड ३१ लाख ५५ हजार ६२ रूपियाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी पोखरेलविरुद्ध मुद्दा दायर गरिएको अख्यितारका प्रवक्ता भण्डारी बताउँछन् ।