भक्तपुरः भक्तपुरका अधिकांश फलफुल पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा अनुगमन गर्दा यस्तो भेटिएको हो । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफुललगायत ६ वटा पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनमा एच एण्ड एच जुस सेन्टर नवीकरण गर्नुपर्ने, मूल्यसूची राख्नुपर्ने र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेवल नभएकोले जफत गरी नष्ट गरियो । त्यस्तै राजेश पानीपुरी विगत दुई तीनबर्ष अगाडिदेखि बिना दर्ता संचालन गरेकोले तीन दिनभित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मूल्यसूचि राख्न निर्देशन दियो ।
सुष्मा फ्रुट शप विगत चार बर्षदेखि नवीकरण नभएकोले त्यहीं नवीकरण गराएर कुहेको र विग्रेको फलफुलहरु नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै इजी मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड ९ पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो ।
सुष्मा फ्रुट शप विगत चार बर्षदेखि नवीकरण नभएकोले त्यहीं नवीकरण गराएर कुहेको र विग्रेको फलफुलहरु नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै इजी मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड ९ पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो । रासस