इटहरीः शनिवार राति सुर्खेतमा भएको सवारी दुर्घटनामा परी दुर्घटनामा परी मृत्यु हुनेमा तीन जना स्वास्थ्यकर्मी परेका छन् । 

लामो समयदेखि स्वास्थ्य सेवामा रहि काम गरीरहेका तीन जना स्वास्थ्यकर्मीको मृत्युले स्वास्थ्य क्षेत्रमा ठुलो क्षति परेको भन्दै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मृतक प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । 

मृत्यु हुनेमा डुङ्गेश्वर गाउँपालिका स्वास्थ्य शाखा दैलेखका जनस्वास्थ्य निरिक्षक दिपेन्द्र जंग शाही, भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखाका जनस्वस्थ्य निरिक्षक बविन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र कुमार विसी रहेका छन् । 

उनिहरु तीनै जना सुर्खेतको विरेन्द्र नगरपालिका ११ भेरी पुल नजिकै रत्न राजमार्गमा छिन्चु देखि सुर्खेत तर्फ जाँदैगरेको गाडी अनियन्त्रित भई दुर्घटना परेको थियो । 

दुर्घटनामा परी भैरवी गाउँपालिकाको स्वास्थ्य शाखा दैलेखका जनस्वासथ्य निरिक्षक विरेन्द्र राज शाही घाइते भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले घाइते शाहीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  

यसैविच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले तीनै जना मृतकको  दुःखद निधन प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ  ।