इटहरीः इटहरी ४ मा रहेको पूर्वेली क्लवले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधि समृद्धि युवा क्लवले पाएको छ । शनिवार इटहरीमा भएको फुटवल प्रतियोगितामा नगरभरीका बिभिन्न ८ वटा टिमले सहभागिता जनाएकोमा प्रथम स्थान समृद्धि युवा क्लवले हासिल गरेको हो । 

प्रतियोगितामा द्धितीय स्थान पूर्वेली क्लव इटहरीको टिम ए ले हासिल गरेको थियो भने बेस्ट गोल किपरमा राम लिम्बु घोषित भएका थिए । प्रतियोगितामा बेस्ट कोच, बेस्ट किपर र धेरै गोल गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । धेरै गोल गर्नेमा सञ्जिव राईले पुरस्कृत भए भने बेस्ट कोचमा सञ्जिव लिम्बु घोषित भए ।

328021639_956936219024383_8873470728080848805_n

प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य शैलेसकुमार विष्टले पूर्वेली क्लवको तर्फबाट प्रतियोगितामा सहभागी खेलाडीहरु समुह ए र बी लाई जर्सी तथा खेल सामाग्री वितरण गरेको थिए भने कार्यक्रमको समापनमा विशिष्ट अतिथी रमेश खत्रीले विजेता खेलाडीलाई मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमका सभापति एंव पूर्वेली क्लव इटहरी ४ का अध्यक्ष झलक वनले खेलाडी उत्पादनका कोशेढुगा सावित होस र युवाहरु खेलसँगै स्वस्थ्य र मस्त रहन सकुन भन्ने उदेश्यले पूर्वेली क्लव गठन गरिएको र फुटवल प्रतियोगिताको आयोजना गरिएको बताए । फुटवल प्रतियोगिता प्रज्वल घिमिरेको संयोजकत्वमा सम्पन्न भएको थियो ।

328240956_5661955957206159_5551477930217049608_n