काठमाडौँः नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

चरम आर्थिक सङ्कट परेको, बैङ्कको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको जनाएको छ । मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको र गत मंसिरसम्मको तथ्याङ्क अनुसार राजस्व उठ्ती २०।७ प्रतिशतले नकारात्मक भएको पार्टीले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

1_172

ज्ञापन पत्रमा भनिएको आम जनतामा निराशा व्याप्त रहेको र राजनीति र राजनीतिक संस्थाहरूप्रति नै आम जनतामा वितृष्णा सिर्जना हुँदै गइरहेको छ । ‘बैङ्क ब्याज चर्को भएका कारणले ऋण लिएर कारोबार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको छ । बैङ्क तथा विभिन्न वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिक जसो किसान तथा साना र मझौला व्यवसायीहरूले आत्महत्या गरिरहेका छन् । ठुला व्यवसायीहरू पनि गम्भीर सङ्कटतर्फ उन्मुख भएको लगायत पत्रमा उल्लेख गरेका छन् ।

देशमा गरिखाने वातावरण नभएका कारणले युवाहरूको विदेश पलायन तीव्र भइरहेको छ । दैनिक उपभोग्य सामानको मूल्यमा अत्यधिक वृद्धि हुनुका कारणले आम जनजीवन कष्टकर भएको छ । न्यून आय समूहका श्रमिक वर्गका मानिस बाँच्नै मुस्किल भएको छ । उद्योग÷व्यवसाय धराशायी हुँदै गएपछि बैङ्कको ऋण असुलीमा गम्भीर समस्या देखिएको भन्दै ज्ञापन पत्रबाट पार्टीले सुधारका लागि सुझाव दिएको बताएको छ ।

2_188