इटहरीः  रामधुनी नगरपालिकाको आयोजना तथा रामधुनी युवा क्लवको संयोजनमा रामधुनीको झुम्कामा भइरहेको वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको मंगलबारको खेलमा वडा नम्बर ३ ले जित हासिल गरेको छ । 

वडा नम्बर ३ र वडा नम्बर ७ बिच भएको दोस्रो खेलमा वडा नम्बर ३ ले पेनाल्टि सुट आउटमा जित निकालेको हो । सोमबार देखि पिप्राहा खेल मैदानमा भइरहेको खेलमा सोमबार वडा नम्बर ४ ले वडा नम्बर १ माथि जित हासिल गरेको थियो । 

328701311_743192890352986_1254153919066576677_n

बुधबारको खेल वडा  नम्बर ६ र वडा नम्बर ९ बिच हुने भएको छ । खेल दिउँसो ३ बजे सुरु हुने रामधुनी युवा क्लवका कोषाध्यक्ष लेखनाथ खतिवडाले जानकारी दिए । ९ वटा वडा भएको रामधुनीमा वडा नम्बर ८ ले भने बजेट अभावको कारण देखाउँदै खेलमा सहभागिता जनाएको छैन ।

324354124_5790715807693445_1592123628466171770_n