काठमाडौंः भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गइरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ का लागि चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनौट भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित राष्ट्रब्यापी खुल्ला छनौट प्रतियोगिताको फेदर वैट ५७ किलो तौल समुहको फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५.० अंकको आधारमा पराजित गर्दै छनौट भएकी थिईन् । भने ६० किलो तौल समुहको फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंकको आधारमा पराजित गर्दै छनौट भएकी थिईन् । त्यसैगरी  मिडिल वैट ७५ किलो तौल समुहको फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट भएकि थिईन् ।

IMG_2952

आज सम्पन्न भएको फ्लाई लाई वैट ५० किलो तौल समुहको सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा पराजित गरिन भने सोहि तौल समुहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । ५० किलो तौल समुहको फाईनल खेल भोली २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्याम काजी अवालेले जानकारी दिएकाछन् ।