धरानः  धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन , धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी विजयी भएका छन  ।

      दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८.४ अंकको फराकिलो अन्तरले  प्राजित गरेको छ । यसै गरि पुरुष तर्फको खेलमा धरान सिटी कलेजले डिपो स्कुललाई २९.२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८.२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारलाइ ३८.१५ अंकले पराजित गरेको छ । 

खेलमा मेघाका सितल तामाङ र निरुता राईले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । यसै गरि डिपोका रिदम राईले १३ , इन्जिनियर कलेजका अनमोल राईले २२ र राष्ट्रिय जनसेवक इटहरीका बिजय शाहले ११ अंक जोडेका छन ।  

 अल्फाविटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित  प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

20230218_113215

छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनही नगद दुई हजार ५ सय र हाइस्कोररले जनही दुई हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

          भोलिको पहिलो खेल पुरुष तर्फ धरान सिटी कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । महिला तर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसार र  धरान मेघा र पब्लिक हाईस्कुल बिच सेमिफाइनल खेल हुनेछ ।

20230218_113142