काठमाडौंः नेपाल ¥याफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीमा ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगीता तथा ७औं राष्ट्रिय ¥याफ्टिङ्ग प्रतियोगीताको आयोजना गर्ने भएकोछ ।

संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी का टिमका साथै देशका विभीन्न ¥याफ्टिङ्ग कम्पनीहरु तथा क्लब का खेलाडी गरि १५ टिम सहभागी हुनेछन् । 

वल्र्ड ¥याफ्टिङ्ग फेडेरेशन एशियाका अध्यक्षको उपस्थितीमा हुने उक्त प्रतियोगीता तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने ¥याफ्टिङ्ग खेल समुहगत खेल हो । ¥याफ्टिङ्ग खेलमा चार विधाका खेल खेलाईनृछ, जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु संचालन गरिनेछ । जसमा महिला÷पुरुष टिम बिच प्रतिस्पर्धा हुनेछ ।

सात खेलाडीको टिम रहने ¥याफ्टिङ्ग खेलमा विजयी लाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ । बाग्मती प्रदेश खेलकुद विकास परिषद को आर्थीक सहयोगमा आयोजना हुने उक्त प्रतियोगीतामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रीभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ ¥याफ्टिङ्ग एजेन्सीज को सहयोग रहनेछ ।

संघका अनुसार यही मंगलबार देखी शुरु हुने खेलका लागी नदिमा अब्स्ट्रयाकल गेट को सर्वैक्षण, सुरक्षा तथा सम्पूर्ण प्रावीधीक कार्य का साथै प्रतियोगीताको तयारी पूर्ण भएको छ ।