प्रकाश बन्जारा 

इटहरीः  रामधुनी नगरपलिकाको प्रायोजन तथा रामधुनी नगर सितोरियो कराँते नगरकार्यसमितिको आयोजनामा मंगलबारबाट चौथो राष्ट्रपति रनिङ्ग शिल्ड कराँते प्रतियोगिता सम्पन्न भएको छ । 

रामधुनी ७ स्थित पञ्चायन विद्यामन्दिरमा आयोजना भएको प्रतियोगिताका बिभिन्न तौल समुहमा पञ्चायन  विद्या मन्दिरका विद्यार्थीले जितमा र्बचश्व निकालेका छन् । 

महिला तर्फ ४५ केजी तौल समुहमा भएको प्रतियोगितामा राइजिङ्ग स्टार बोडिग स्कुलकी छात्रा दादीकी शेर्पाले स्वर्ण पदक जितेकी छन् भने सोही तौल समुहमा आरम्भ विद्या मन्दिरकी छात्रा इजिना चौलागाईले रजत र तेह्र बालबालिका स्कुलका कृतिका बस्नेत पञ्चायन  विद्या मन्दिरकी ज्योति विष्टले कास्य पदक जित्न सफल भएका छन् । त्यस्तै ४० केजी तौल समुहमा पञ्चायन  विद्या मन्दिरकी निरजला कार्कीले स्वर्ण, ई विस्डम स्कुलकी दिक्षा चौधरीले रजत र पंचायनकी खुशी धामी र माउन्ट समिटकी युना चौधरीले कास्य पदक जितेका छन् ।

328694612_3377605449146596_9049598638997738845_n

यस्तै गरी ५० केजी तौल समुहमा महिला तर्फ राइजिङं स्टारकी टेनिशा लिम्बुले स्वर्ण, एलईएसकी अनामिका चौधरीले रजत र युनिक एकेडेमीकी एन्जिला मगर र  माउन्ट समिटकी कृतिका चौधरीले कास्य पदक जित्न सफल भएका छन् । यसैगरी महिला तर्फको काँतामा राईजिङ स्टारकी टेनिशा लिम्बुले स्वर्ण पदक जितेकी छन् भने पंचायनकी निरजला कार्कीले रजत र राइजिगं स्टारकै दादीकी शेर्पाले कास्य पदक जित्न सफल भएका छन् । 

यसैगरी पुरुष तर्फ भएको प्रतियोगितामा ५२ केजी तौल समुहमा पञ्चायन विद्या मन्दिरका सारास लामिछानेले स्वर्ण, पञ्चायनकै आयुष चौधरीले रजत र तेह्र बालबालिकाका अविशेष चौधरी र राइजिङ स्टारका वादल देवानले कास्य पदक प्राप्त गरेका छन् । 

329205694_1905434243122729_1444797240871781027_n

यस्तै ४७ केजी तौल समुहमा पञ्चायन  विद्या मन्दिरकै हिमाल बस्नेतले स्वर्ण पदक जितेका छन् भने राइजिङ स्टारका लाक्पा शेर्पाले रजत र एलइएसका ब्राइटर राईका साथमा अल्पाइन इंँग्लिस स्कुलका छात्र अनिश लिम्बुले कास्य पदक जितेका छन् । 

यता ४२ केजी तौल समुहमा भएको प्रतियोगितामा पंचायनका बिश्वास बस्नेतले स्वर्ण, युनिक सगरमाथाका राजेश श्रेष्ठले रजत र इ विस्डम र तेह्र बालबालिका स्कुलका आकाश चौलागाई र रुफास राईले कास्य पदक हात पारेका छन् । 

पुरुष काँता तफै पहिलो , दोस्रो र तेस्रो सबै मेडल पञ्चायन विद्या मन्दिरले हात पारेका छ । स्वर्ण , रजत र कास्य पाउने विद्यार्थीहरुमा क्रमश विश्वास बस्नेत, हिमाल बस्नेत र साराम्स लामिछाने छन् । 

पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, रामधुनी प्यावसनका अध्यक्ष अच्युत ढकाल तथा अन्य अतिथीहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

रामधुनी नगर सितोरियो कराँते कार्यसमितका अध्यक्ष तथा पंचायन विद्या मन्दिरका प्रिन्सिपल दिपेन्द्र विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्यावसनका जिल्ला समिती तथा प्रदेश कमिटीका पदाधिकारीका साथमा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

328078051_746901330370584_43510074147974672_n