इटहरीः सुनसरी जिल्ला स्तरीय सी डिभिजन फुटवल प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा रामधुनी युवा क्लवले जित हासिल गरेको छ । 

सोमबार सुनसरीको दुहवीमा संचालन भएको जिल्ला स्तरीय सी डिभिजन फुटवल प्रतियोगितामा मेमोरी युवा क्लव दुहवीलाई ० को विरुद्ध २ गोल गर्दै रामधुनी युवा क्लव सेमीफाइनलमा प्रवेश गरेको हो । 

खेलको २४ औँ मिनेटमा रामधुनी युवा क्लवको तर्फबाट निवास फुयालले १ गोल गरेका थिए भने खेलको चालिसौँ मिनेटमा रामधुनी युवा क्लवकै प्रतिक चौधरीले १ गोल थप्दै २ गोल बनाए । खेलको बाँकी समयमा अरु गोल हुन सकेन । 

खेलको म्यान अफ द म्याच रामधुनी युवा क्लवका निवास फुयालले जिते । उनलाई नगद १ एलेभन एरोज क्लवका महासचिव बाबुराम बजगाईले हजार रुपैँया हस्तान्तरण गरे  ।

333112246_550656797160967_6234068895537332401_n