प्रकाश बन्जारा 

इटहरीः सुनसरीको दुहवीमा सन्चालन भइरहेको जिल्ला स्तरिय सी डिभिजन फुटवल प्रतियोगितामा सुनसरीको रामधुनी युवा क्लव फाइनलमा प्रवेश गरेको छ । 

बुधबार सन्चालन भएको दोस्रो सेमी फाइनल खेलमा पन्चायन युवा क्लव रामधुनीलाई २ को विरुद्ध ४ गोल गर्दै रामधुनी युवा क्लव फाइनलमा प्रवेश गरेको हो । 

रामधुनी युवा क्लवको तर्फबाट निवास फुयालले खेलको ७ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको पहिलो हाफमा थपिएको २ मिनेमा गोल गर्दै महेस राउतले टिमलाई अग्रता दिलाएका थिए । 

334473368_157498570474883_3268283966308680544_n

खेलको १६ औँ मिनेट र ३६ औँ मिनेटमा पन्चायन युवा क्लवका तर्फबाट क्रमश संदिप लिम्बु र मिलन भुजेलले एक एक गोल गरे भने खेलको दोस्रो हाफको अन्मितमा रामधुनी युवा क्लवका प्रेम सागर र संयम बस्नेतले एक एक गोल गर्दै रामधुनी युवा क्लवलाई फाइनलमा पुयाएको थिए । 

दोस्रो खेलको म्यान अफ द म्याच रामधुनी युवा क्लवका मणी मगर घोषित भए । म्यान अफ द म्याचले १ हजार नगद सहित मेडल प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल १९ गते हुने आयोजकले बताएका छन् ।