इटहरीः सुनसरी फुटवल संघको आयोजनामा सुनसरीको दुहवीमा सन्चालन भएको सी डिभिजन फुटवल प्रतियोगिताको उपाधि जित्दै रामधुनी युवा क्वल वी डिभिजनमा उक्लिएको छ । 

बी डिभिजन क्वालिफायर खेलको फाइनल उपाधि जित्दै रामधुनी युवा क्लव एक तह माथि उक्लिएको हो । 

शुक्रबार भएको फाइनल खेलमा पेनाल्टि सुटमा शान्तिगरलाई जित्दै रामधुनी युवा क्लव बी डिभिजनमा क्वालिफायर भएको हो । 

७  पटकका दरले पाएको पेनान्टी प्रहारमा रामधुनीले ५ वटा सफल प्रहार गर्यो भने शान्तिनगर फुटवल क्लव इटहरीले ४ वटा मात्रै सफल प्रहार गरेको थियो । ।

334880353_934968967635531_440809016995188039_n

सुनसरी जिल्ला फुटवल संघका अध्यक्ष नविन राईको अध्यक्षतामा भएको फाइनल  खेलमा विजेता खेलाडीलाई सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, सुनसरी जिल्ला फुटवल संघका वरिष्ठ उपाध्यक्ष भेषराज कार्की लगायतले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । उप विजेता शान्तिनगर फुटवल क्लवका १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाए भने विजेता रामधुनी युवा क्लवले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाएका थिए । 

श्ुाक्रबारको खेलको म्यान अफ द म्याच शान्तिनगर फुटवल क्लवका बिशु श्रेष्ठ भए भने वेष्ट गोलकिपरको उपाधि रामधुनी युवा क्लवका गोलकिपर विकास थापा घोषित भए । यस्तै वेष्ट मिड फिडर शान्तिनगरका रोदन राई, वेष्ट डिफेन्स रामधुनी युवा क्लवमा मणी मगर र वेष्ट कोचमा रामधुनी युवा क्लवका कोच लेखनाथ खतिवडा घोषित भएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रामधुनी युवा क्लवकै निवास फुयाल घोषित भए  ।