प्रकाश बन्जारा 

इटहरीः  इटहरीमा हरेक बर्ष सञ्चालन भइरहेको इटहरी गोल्डकपको तेह्रौँ संस्करण आउने चैत्र ४ गतेबाट शुरु हुने भएको छ । 

राष्ट्रिय जागृती क्लव इटहरीको आयोजनामा भइरहेको गोल्डकप गत सालबाट अन्तराष्ट्रिय आमन्त्रण सहित गर्न थालिएको छ । 

शुक्रबार त्रिजुगा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय जागृती क्लवले ए डिभिजन फुटवल क्लव सहितका ८ टिमको सहभागीतामा गोल्डकप गर्न लागिएको बताएको हो । 

प्रतियोगिताका संयोजक अनुरोध थापाले फुटवल जगतको प्रवद्र्धन गर्नका लागि महत्वपुर्ण टेवा पुयाउने उद्धेश्य सहित राजा क्लवले ८ देखि १२ बर्षका बालबालिकाहरुलाई ग्रासरुट प्रशिक्षण गर्दै आएको समेत जानकारी गराए । 

334907965_700737445132767_1470227473513380113_n

थापाका अनुसार गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृती क्लब सहभागी हुने छन । 

इटहरी स्थित प्रादेशिक रंगशालामा हुने खेलका विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।  प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने कार्यक्रम संयोजक  थापाले बताए । उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने पुरस्कार रकम इटहरी उपमहानगरको वडा नम्बर ६ ले प्रायोजन गर्ने भएको छ भने हरेक दिनका म्यान अफ द म्याच छानिनेले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राजा क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए ।

334880943_537179311870556_2486229631102584679_n

प्रतियोगिता आयोजना गर्न ७० लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गोल्डकपको मुख्य प्रायोजन कन्ट्रोल लुब्रिकेन्टले गर्ने छ ।  खेल हेर्ने आउने दर्शकलाई हरेक दिनको टिकट बिक्रीबाट भाग्यमानी ग्राहकलाई समेत पुरस्कारको व्यावस्था गर्ने आयोजकले जनाएको छ । 

शुक्रबारको पत्रकार सम्मलेनमा राजा क्लवका पदाधिकारी, कन्ट्रोल लुब्रिकेन्टका विनोद पौडेल, प्रतियोगिताका आर्थिक संयोजक केशव कार्की, प्रतियोगिता संयोजक  थापा लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रम कोविदजंग कार्कीले संचालन गरेका थिए ।

334967525_1372816433484305_6183337366839898208_n