काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजबादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिब नेत्र विक्रम चन्द ‘विप्लप’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बिच खनाल निवास डल्लुमा भेटघाट भएको छ । 

करिब दुई घन्टा भएको कुराकानीमा वर्तमान समयसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भयो र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गरेको प्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । 

उनीहरु बिच आगामी दिनमा सबै बामपन्थीहरु बिचको वामएकताको सम्भावनाको बारेमा पनि छलफल भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जनाए  ।