जनकपुरधामः आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहिबार शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन ।
विश्वकप छनौट प्रतियोगितामा बिहिबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका हुन ।
खेलाडी राष्ट्रका गहना हुन, भन्दै उनले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरे ।
तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उनले भने । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे ।
मधेश प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आप्mनो खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गरे ।
यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेश प्रदेश सरकारको तर्पmबाट जनही दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।