इटहरीः इटहरीमा लगातार भइरहेको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको १३ औँ संस्करण (आज) शनिवारबाट शुरु हुने भएको छ । 

भारत र क्यामरोन सहित ८ वटा टिम सहभागी रहने फुटवल प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गर्ने आयोजक राष्ट्रिय जागृती क्लवले जनाएको छ  । 

इटहरी उपमहानगरपालिकाको विशेष सहयोग तथा प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद समेतको सहयोगमा सञ्चालन हुन लागेको गोल्डकप प्रतियोगितालाई आगामी ३ बर्षसम्म कन्ट्रोल लुव्रिकेन्टले प्रायोजन गर्ने भएको छ । 

335923535_542417387762010_5014261536177876570_n

प्रतियोगिताको लागि सम्पुर्ण तयारी सम्पन्न भएको र आज दिउँसो अढाई बजेबाट औपचारिक कार्यक्रम शुरु हुने इटहरी गोल्डकपका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।  

औपचारिक कार्यक्रममा विशेष आतिथ्यता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गर्ने भएका छन् भने फुटवल संघका उपाध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिती रहनेछ । 

चैत्र ११ गतेसम्म चल्ने इटहरी गोल्डकपमा ४ वटा ए डिभिजन क्लव सहित २ वटा अन्तराष्ट्रिय टिम र आयोजक सहित ८ टिमको सहभागिता हुनेछ । शनिवारको खेल गत बर्षको च्याम्पियन सगरमाथा फुटवल क्लव मोरङ्ग र क्यामरोनको एभिनियर फुटवल क्लव बिचहुने भएको छ ।