इटहरीः प्रादेशिक रंगशाला इटहरीमा चालु १३ औँ इटहरी गोल्डकपको आजको खेल काठमाण्डौको मछिन्द्र फुटबल  क्लब र भारतको कञ्चनजङ्गा फुटवल क्लव बिच हुने भएको छ । 

सोमबारको तेस्रो क्वाटर फाइनलमा यी दुई टिमको प्रतिस्पर्धा हुने भएको हो । ८ टिमको सहभागितामा चालु गोल्डकपमा यस अघिको २ वटा क्वाटर फाइनल खेलमा मोरङ्गको सगरमाथा युवा क्लब र काठमाण्डौको चर्च व्याइज युनाइटेड क्लब सेमी फाइनलमा प्रवेश गरिसकेका छन् भने आयोजक राष्ट्रिय जागृती क्लब र क्यामरोनको एभिनियर फुटबल क्लब बाहिरिसकेका छन् । 

कन्ट्रोल लुव्रिकेन्टले मुख्य प्रायोजन गरेको प्रतियोगितामा विजेतालाई १० लाख नगद पुरस्कार र उपविजेताले ५ लाख रुपैँया नगद पुरस्कार पाउने छन् ।