प्रकाश बन्जारा  

इटहरीः प्रादेशिक रंगशाला इटहरीमा सञ्चालन भइरहेको कन्ट्रोल इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा झापाको रोलिङ्ग क्लवलाई १ को विरुद्ध ४ गोल गर्दै बिभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । 

इटहरी गोल्डकपको तेह्रो संस्करणमा साविक उपविजेता त्रिभुवन आर्मी निकै नै रोमान्चक खेल प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

336293040_1355998898577633_3246794152737970556_n

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मीको तर्फबाट जर्सी नम्बर ३२ का दिपक गुरुङ्ग, जर्सी नम्बर १३ का पदम मोत्तान , क्याप्टेन समेत रहेका जर्सी नम्बर १० जेलेस्पीजंग कार्की र जर्सी नम्बर १७ का सुदिल राईले एक एक गोल गरेका थिए । 

 रोलिङ्ग क्लब झापाले पेनाल्टि प्रहारबाट एक गोल गर्न सफल भएको थियो । ३ जना विदेशी खेलाडी सहित मैदानमा उत्रिएको झापाको रोलिङ्ग क्लवले दवाव मुलक खेल प्रदर्शन गरेको थियो । रोलिङ्ग क्लवका लागि जर्सी नम्बर १५ का खेलाडी डेड्डीले सफल पेनाल्टि प्रहार गरेका थिए । 

336637391_6036023239809660_9042311051109564177_n

मंगलबारको खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मी क्लबका क्याप्टेन जेलेस्पीजंग कार्की घोषित भएका थिए । कार्कीलाई नगद दश हजार र मेडल प्रदान गरिएको थियो । 

सेमिफाइनल खेलका लागि आर्मीले गतिलो ढंगबाट तयारी गर्ने त्रिभुवन आर्मी क्लवका कोच नविन न्यौपानेले बताए । आर्मीले सेमिफाइनलमा नाम चलेका खेलाडी मैदानमा प्रवेश गराउने संकेत गरेको छ । 

कन्ट्रोल लुब्रिकेन्टको मुख्य प्रायोजनमा चैत्र ११ सम्म चल्ने इटहरी गोल्डकपमा बुधबारबाट सेमिफाइनल संस्करण शुरु हुने भएको छ । बुधबारको पहिलो सेमिफाइनल काठमाण्डौको मछिन्द्र क्लव  र साविक विजेता मोरङ्गको सगरमाथा युवा क्लव विच प्रतिस्पर्धा हुने छ ।

337388403_548347550720069_6779900855936128533_n