इटहरीः इटहरीमा रहेको प्रादेशिक रंगशालामा सञ्चालन भइरहेको इटहरी गोल्डकप फुटबल प्रतियोगितामा बुधबारबाट सेमिफाइनल संस्करण चालु हुँदै छ । 

यहि चैत्र ४ गतेदेखि सुरु भएको इटहरी गोल्डकपमा आज साविक विजेता मोरङ्गको सगरमाथा युवा क्लब र मछिन्द्र क्लब काठमाण्डौबिच प्रतिस्पर्धा हुने भएको छ ।  

सेमिफाइनल प्रतिस्पर्धामा उक्लिएका यी दुवै टिमले विदेशी पाहुना टोलीलाई जितेर आएका हुन । अघिल्लो संस्करणको विजेता मोरङ्गको सगरमाथा युवा क्लब क्यामरोनको एभिनियर फुटवल क्लवलाई जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने काठमाण्डौको मछिन्द्र क्लव भारतको कञ्चनजङ्गा फुटबल क्लबलाई जित्दै सेमिफाइनलमा पुगेको हो । 

दुवै टिमको रोचक खेल इटहरी रंगशालामा बुधबार ३ बजेबाट शुरु हुने आयोजकले बताएको छ । इटहरी गोल्डकपको विजेताले १० लाख नगद पुरस्कार र उपविजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।