इटहरीः  गत बर्षको इटहरी गोल्डकपको विजेता मोरङ्गको सगरमाथा युथ क्लबले यस बर्ष पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौको मछिन्द्र क्लवलाई १ को विरुद्ध ३ गोल गर्दै साविक विजेता समेत रहेको सगरमाथा युथ क्लबले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  

बुधबारको खेलमा सगरमाथा युथ क्लबका लागि पहिलो हाफमै राजिव लोप्चन र विदेशी खेलाडी स्टेफेनले एक एक गोल गरेका थिए भने दोस्रो हाफमा मेसुकेले एक गोल थप गरेका थिए । 

क्वाटरफाइनल खेलमा म्यान अफ द म्याच समेत घोषित भएका मेसुकेले खेलको दोस्रो हाफमा एक गोल गरेका थिए । स्टेफेनले  सेमिफाइनलमा पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गरेका थिए भने खेलको ४ मिनेटमै राजिव लोप्चनले एक गोल गरिसकेका थिए । 

337154952_209706604987604_261737825313919653_n

मछिन्द्र क्लबका लागि टिम क्याप्टेन समेत रहेका अफिज वोलावाले खेलको ८८ औँ मिनेटमा पेनाल्टि मार्फत एक गोल फर्काएका थिए भने मछिन्द्रले अर्को गोल गर्न सकेन । यो संगै १२ औँ संस्करणको विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा यस बर्ष पनि विजेता बन्ने लग्क्ष्यमा अगाडि बढेको छ भने मछिन्द्र क्लब प्रतियोगिताबाट बाहिरिएको छ । बुधबारको खेलमा म्यान  अफ  द  म्याच  सगरमाथा युथ क्लब सुन्दरहरैचाका  स्टेफेन  घोषित भए । उनलाई सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार गुरागाई र इटहरीका युवा व्यवासायी बाबुराम प्रधानले संयुक्त रुपमा दश हजारको चेंक हस्तान्तरण गरेका थिए । 

बिहिबार हुने दोस्रो सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौ र चर्च व्याइज युनाइटेड काठमाण्डौका बिच दिनको ३ बजे हुने आयोजक राष्ट्रिय जागृती क्लबले बताएको छ । दुबै टीम राष्ट्रिय स्तरका खेलाडीहरुले भरीपूर्ण भएकाले भोलीको खेल निकै रोमान्चक हुने आयोजकले विश्वास लिएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिएका छन  ।