काठमाडौंः अखिल नेपाल किसान महासङ्घले बैङ्कको ब्याजदर चर्को भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

बुधवार माइतीघरमा महासङ्घले चर्को ब्याजदर घटाउनु पर्ने, मिटरव्याजी किसानको समस्या समाधान गरिनु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने मागसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले चर्को ब्याजदर नियन्त्रण गर, मिटर ब्याज पीडित किसानसँग गरेको सम्झौता लागु गर, बढ्दो महँगी नियन्त्रण गर, किसानका ५८ सूत्रीय माग पूरा गर, लघुवित्तको ऋण मिनाहा गर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई कार्यकर्ता पोस्ने थलो नबनाऊ लगायतका प्लेकार्डहरू बोकेका थिए ।

103854454334551951_160624076503728_2275612730697219456_n

 लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक मलखादको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अभि सारेर कृषकहरूले प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी)  निकट अखिल नेपाल किसान महासङ्घ,नेकपा ( माओवादी केन्द्र)  निकट अखिल नेपाल किसान महासङ्घ ( क्रान्तिकारी केन्द्र) ,  नेकपा ( मसाल)  निकट अखिल नेपाल किसान महासङ्घ ( अप्फा) , नेकपा ( क्रान्तिकारी माओवादी)  निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी ) , नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले)  निकट अखिल नेपाल प्रगतिशील किसान सङ्घ सहभागी भएको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले बताए ।