इटहरीः काठमाण्डौको चर्च व्याइज युनाइटेड सुनसरीको इटहरीमा चालु कन्ट्रोल इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका खेलाडी दिपक गुरुङ्गले आत्मघाती गोल गरेपछि सोही गोल निर्णायक हुँदै साविक उपविजेता गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको हो ।  

पहिलो हाफको २१ औँ मिनेटमा गुरुङ्गले आउट बनाउन गरेको हेड गोलमा परिणत भएपछि चर्च व्याइज फाइनलमा पुगेको हो । बिभागीय टिम त्रिभुवन आर्मी क्लबले सुरुबाटै दवाव मुलक खेल प्रदर्शन गरेको भएता पनि खेल अवधिभर अन्य गोल हुन सकेन । 

336343778_992735851890376_1496286028131708257_n

बिहिबारको खेलमा चर्च व्याइज युनाइटेडका जर्सी नम्बर १९ का खेलाडी फ्यांकलिन तल्ला घोषित भएका थिए । म्यान अफ द म्याचले दस हजार नगद र मेडल हात पारेका छन् । 

म्यान अफ द म्याचको पुरस्कार पुर्वी पृतना हेडक्वाटर इटहरीका पृतानापति आशबहादुर तामाङ्गले प्रदान गरेका थिए । 

चर्च व्याइजले फाइनलमा इटहरी गोल्डकपको साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैंचासँग प्रतिस्पर्धा गर्नेछ । सगरमाथा युथ क्लब बुधबार मछिन्द्र फुटबल क्लबलाई पछि पार्दै फाइनलमा प्रवेश गरिसकेको छ । 

राष्ट्रिय जागृती क्लबले आयोजना गरेको तेह्रौ संस्करणको इटहरी गोल्डकपको विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।  प्रतियोगिताको फाइनल खेल शनिवार इटहरी रंगशालामा हुने आयोजका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए  ।

336652992_772543784431968_3990762718298169900_n