प्रकाश बन्जारा 

इटहरीः इटहरीको इतिहाँस बोकेको इटहरी गोल्डकपको तेह्रो संस्करणको फाइनल खेल आज शनिवार प्रादेशिक रंगशाला इटहरीमा हुँदैछ । 

फाइनल खेलमा प्रमुख अतिथीको रुपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग आउने कार्यक्रम रहेको प्रतियोगिता आयोजक राष्ट्रिय जागृती क्लवले जनाएको छ । 

साविक विजेता सुन्दरहरैँचाको सगरमाथा युवा क्लव र काठमाण्डौको चर्च व्याइज युनाइटेड बिच हुने फाइनल खेललाई निकै रोचकता पुर्वक हेरिएको छ । 

337668352_932798874838418_815147825697052953_n

अघिल्लो संस्करणको बिजेता भएको पनि सुन्दरहरैँचाको सगरमाथा युथ क्लवलाई जित्नै पर्ने दवाव देखिएको छ भने चर्च व्याइज उपाघि खोस्ने दाउमा छ । 

यद्यपी दुवै टिमले उपाधिका लागि आ आफ्नो दावी गरेका छन् ।  जितका लागि दवाव रहेता पनि खेलाडीहरु विपक्षि टिमलाई जित्न सक्षम रहेको सगरमाथा युथ क्लबका प्रशिक्षक बताउँछन् । भने चर्च व्याइजले पनि खेल आफ्नो पक्षमा हुने बताएको छ । गत बर्षको उपविजेता त्रिभुवन आर्मी क्लवलाई जितेर फाइनमा पुगेको चर्च व्याइज यस पटक उपाधि खोस्ने दाउमा छ । 

दिनको ३ बजेबाट शुरु हुने फाइनल खेलमा दर्शकको चाप हुने अपेक्षा आयोजक राष्ट्रिय जागृती क्लबले गरेको छ । दर्शकको चापलाई मध्येनगर गर्दै आवश्यक व्यावस्था मिलायएको प्रतियोगिता संयोजक अनुरोध थापाले बताएका छन् । इटहरी उपमहानगरपालिकाको विशेष सहयोग तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश र राष्ट्रिय खेलकुद परिषदको समेत सहयोगमा सन्चालन भइरहेको इटहरी गोल्डकपलाई कन्ट्रोल लुव्रिकेन्टले मुख्य प्रायोजन गरेको छ ।

337005842_233995769103929_5988854777119293783_n