प्रकाश बन्जारा 

इटहरीः विराटचोकको सगरमाथा युथ क्लबले दोस्रो पटक इटहरी गोल्डकपको उपाधि जितेको छ । 

शनिवार इटहरी रंगशालामा भएको फाइनल खेलमा काठमाण्डौको चर्च व्याइज युनाइटेडलाई पेनाल्टि सट आउटमा एक गोलको अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १३ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको म्याम्पियन बन्न सफल भएको हो । 

निकै रोचक प्रतिस्पर्धा भएको फाइनल  खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चर्च व्याइजका तर्फबाट जर्सी नम्बर ५ का खेलाडी मनोज राईले बल आउट गरेपछि सगरमाथा बिजयी भएको थियो । ६/६ पटक पेनाल्टि प्रहार गरेका दुवै टिमको कुनै पनि गोल गोलकिपरले जोगाउन सकेनन् । अन्तिममा सगरमाथाले ६ गोल बनायो भने चर्च व्याइजले ५ गोलमा सिमित हुँदै उपविजेतामा चित्त बुझायो । गोल्डकपको बिजेता सगरमाथा युथ क्लवले १० लाख नगद सहितको सिल्ड, मेडल पाएको छ भने उपविजेताले ५ लाख नगद सहित सिल्ड मेडल र पाएको छ । 

336584082_1196500164499813_1399825449650448646_n


फाइनल खेलको म्यान अफ द म्याच चर्च व्याइज युनाइटेडका जर्सी नम्बर ७ का खेलाडी मौसम लिम्बु घोषित भएका थिए । 

यस्तै खेल अवधिभरका उत्कृष्ट गोल किपरको उपाधि सगरमाथा युथ क्लवका जर्सी नम्बर २० का खेलाडी देव लिम्बुले पाए । यता बेष्ट डिफेन्सको उपाधि सगरमाथाकै जर्सी नम्बर ३ का खेलाडी विशाल बस्नेत र बेष्ट मिड फिल्डको उपाधी पनि चर्च व्याइजका मौसम लिम्बुले पाए । बेष्ट फरवार्डमा सगरमाथा युथ क्लबका विदेशी खेलाडी स्टेफेन घोषित भए भने प्रतियोगिता भर धेरै गोल गर्ने खेलाडीमा मछिन्द्र फुटवल क्लव काठमाण्डौका खेलाडी अफिस अलावाले घोषित भए । अलावालेले प्रतियोगिताभर सर्वाधिक ५ गोल गरेका थिए । यस्तै उदयीयमान खेलाडीको उपाधि राष्ट्रिय जागृती क्लवका असिम राईले पाए । राईले ३२ इन्चको एलइडि टिभि जित्न सफल भएका थिए । यता उत्कृष्ट खेलाडीको पुरस्कार सगरमाथा युथ क्लबका क्याप्टेन महेन्द्र राईले जित्न सफल भए ।