काठमाडौंः राज्यको संरक्षणमा रहेका मिटर व्याजीहरुबाट पिडित भई न्यायका लागि कानून निर्माणको माग राखि बर्दिबासबाट पैदल यात्रा मार्फत काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले खुल्लामञ्च अगाडि खुल्ला आकाशमुनी सडकमै सोमबारको रात बिताएका छन् । 

सडकमै रात काटेका उनिहरु बिहानै उठेर नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका छन । 

338427007_744805240472825_1926438387680860476_n

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न उनीहरू नारावाजी गर्दै त्यसतर्फ लागेका हुन् ।  यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू बालुवाटार तर्फ लागेको बताइएको छ ।

336974732_2686960248107702_8058256129900833386_n


 काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । सो क्रममा उनीहरूको राशन बोक्ने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर मध्य राति मात्र फिर्ता दिएको थियो । बिहानै पिडितहरु खुल्ला मञ्चमा प्रवेश गर्ने हुन कि भनेर काठमाडौ महानगर प्रहरी, नेपाल प्रहरी बाक्लो रुपमा परिचालित भएका थिए ।