इटहरीः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोपछि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचित जनप्रतिनिधिहरुले सार्वजनिक कार्यक्रममा खर्च गर्दा भड्किलो गरी खर्च नगर्न निर्देशन दिएको छ । 

संघ प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुले सार्वजनिक कार्यक्रम आयोजना गर्दा भड्किलो तवरले धेरै खर्च गर्ने गरेको उजुरी अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि सामान्य प्रशासन मन्त्रालयले देशैभरी रहेका स्थानीय तहलाई सोमबार पत्रचार गर्दै सो निर्देशन दिएको हो । 

338710617_667371495397724_7956136998784758403_n

गत बैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात निर्वाचित सप्तरी जिल्लाको राजविराज नगरपालिकाले जनप्रतिनिधिको पदस्थापन कार्यक्रममा कार्यविधि तथा कार्यादेश विनै माग फारामको आधारमा २० लाख रुपैँया खर्च गरेपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीको अनुसन्धान पछि अख्यितारले संघीय मामिलालाई पत्र काट्दै आर्थिक मितव्ययिता अपनाउन र कार्यविधि विना भड्किलो खर्च नगर्न सुझाव दिएको थियो । 

निर्वाचित जनप्रतिनिधिहरुले त्यस्तो प्रकारको सार्वजनिक कार्यक्रममा गर्दा भड्किलो नबनाउन र कार्यविधि बनाएर मात्रै खर्च गर्न सुझाव दिइएको छ । 

अख्यितारको उक्त निर्णय पछि गत फागुन ११ गतेको निर्णय अनुसार देश भरीका स्थानीय तहलाई सोमबारमात्रै संघीय मामिलाले पत्र काटेको हो ।

338367217_2135818763289038_3287224650378576857_n