काठमाडौंः एकीकृत सरकारी कर्मचारी संगठन नेपाल केन्द्रिय कार्यसमितिले सुदुरपश्चिमको धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारीले नियमित तलव सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराएको छ । 

बिहिबार एक विज्ञप्ती जारी गर्दै संगठनका महासचिव प्रकाश राईले उच्च स्तरको प्रशासनिक नेतृत्व र जनप्रतिनिधिअहरुको अकर्मण्यताको कारणले राष्ट्रसेवक कर्मचारीले अनाहकमा विभिन्न समस्याहरु झेल्नुपरिरहेको बताएका छन् । 

धनगढी लगायत देशका विभिन्न स्थानीय तहमा कार्यरत स्वाथ्यकर्मीहरुले नियम तलव भत्ता समेत महिनौदेखि भुत्तानी नपाएको दुःखत स्थिती प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा बताइएको छ । 

‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत कर्मचारीहरुले तलव भत्ता नपाएको विषय सेवा प्रवाहको लागि समेत प्रतिकुल हुने तथ्यलाई समेत ध्यानमा राख्न सम्बन्धित सबैको ध्यानाकर्णण गराउँदै अविलम्व तलव भत्ता उपलव्ध गराउनको लागि आवश्यक व्यावस्थ ागर्न जोडदार माग गदैछौँ । ’

338667886_579961417440810_2767651025918637033_n