इटहरीः भुटानी शरणार्थीको परिचय बनाउँदै अमेरिका  लैजाने प्रलोभनमा करोडौको ठगी गर्ने पथरी शनिश्चरेका सागर राई पक्राउ परेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ५० जना भन्दा बढीबाट पैसा संकलन गरेका सागर राईलाई प्रहरीले काठमाण्डौबो बालकुमारीबाट पक्राउ गरेको हो ।

  केशव दुलाल, सानु भण्डारी, सागर राई समेतको संयुक्त मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारि अन्य ५० जना भन्दा बढी पीडितहरुबाट  जम्मा रु ३ करोड २४ लाख भन्दा बढी रकम ठगी गरेको भनि थप २ वटा छुट्टाछुट्टै किटानी जाहेरी परेपछि राई पक्राउ गरेको नेपाल प्रहरीको अपराध अनुसन्धान बिभागले बताएको छ । 

राईलाई  विशेष अनुसन्धान टोलीले मिति बुधबार पक्राउ गरी  मुलुकी अपराध संहिताको दफा २४९ ९१० र ९२० बमोजिमको  कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।