काठमाडौंः सरकारले आउने बैशाखदेखि संघीयतासँगै हरेक स्थानीय तहबाटै वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृती गर्ने भएको छ ।

विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरीका स्थानीय तहबाटै श्रम स्वीकृती गर्न लागेको बताएको हो । 

वैदेशिक रोजगारीलाई थप व्यवस्थित सुरक्षित र भरपर्दो पारदर्शी तथा सहज बनाउन स्थानीय तहबाटै सेवा प्रवाह गर्नु फलदायी भन्दै यस्तो सेवा सुरु गर्न लागेको श्रम रोजगार मन्त्रालयले बताएको छ ।  

334898296_233800715821427_449903870835849355_n

बैशाखबाट स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धि सुचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृती र पुनः श्रम स्वीकृतीका लागि आवेदन गर्ने कार्य हुने गरी बिहिबारको मन्त्री परिषदले निर्णय गरेको थियो । 

बैशाख अघिसम्म सरकारले रोजगार सेवा केन्द्रका कर्मचारीलाई क्षमता अभिवृदिको कार्यक्रम गर्ने र वैशाखबाट सेवा सुरु गर्ने सरकारको तयारी छ ।