काठमाडौंः सरकारी वार्ता टोली र मिटर ब्याजविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएसँगै मिटर ब्याज पीडितको आन्दोलन फिर्ता भएको छ।

सहमतिअनुसार सरकारले मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सहजीकरण गर्ने, समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने लगायतका विषयमा सहमति भएको छ।

महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आएका उनीहरुले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए। उनीहरुले शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए ।

338769673_615373240035578_382876193974942592_n