इटहरीः कुनै समयमा सामाजिक संञ्जालले तताएको हर्क साम्पाङ्ग र बालेन शाहको सम्बन्ध मंगलबार सिलाम साक्माले जोडेको छ ।  

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पहिलोपटक भेटघाट गरेका छन । सिपाडोलको फोहोरलाई इंकित गर्दै हर्क साम्पाङ्गले आफ्नो स्टाटस हालेपछि दुवै पक्षको चिसिएको सम्बनध बुधबार एकाएक चर्चामा आयो । सामाजिक संजालमा प्रभाव जमाएको एउटा तस्विरले दुई मेयर एक भएको सन्देश मात्र दिएर सम्बनधमा प्रगाढता र विकासमा एकता भन्ने सन्देश समेत दिन सफल भयो । 

धरानका समस्याको ठेली बोकेर राजधानी पुगेका मेयर हर्क साम्पाङ्ग अचानका काठमाण्डौ महानगरपालिका छिरेर त्यहाँका मेयर बालेन शाहलाई भेटेका थिए । उपमेयर आइन्द्र बिक्रम बेघा सहित बालेन सहर पुगेका साम्पाङ्गले बोलन साहलाई सिलाम सक्माको उपहार कोटमा लगाईदिए । 

दुवै मेयर विच पालिकाको विकास र सहकार्यको विषयमा छलफल भएको प्रमुख बालेको सचिवालयले जनाएको छ। गत बैशाखामा भएको निर्वाचनमा दुवै जनाले स्वतन्त्र रुपमा उठेर पालिका प्रमुखका विजयी भएका थिए। केहि समय अगाडी दुबै जनाले सामाजिक संजालमा विवाद समेत गरेका थिए । पछिल्लो समय भने सामाजिक सञ्जालमा दुवैले एक अर्कालाई साथ दिएको र समर्थन गरेको देखाउन थालेको छन ।